Media Network

सानिमा बैंकको ऋणपत्र विक्री आजसम्म मात्रै


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र असार २४ गते शुक्रबारसम्म मात्र विक्रीमा रहने भएको छ ।  बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । असार १४ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि असार २४ गतेसम्म विक्रीको मिति बैंकले तय गरेको थियो ।  

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्यबाट ५ प्रतिशत सामूहिक लगानीकोषका लागि विक्रीको आव्हान गर्दा कुनै पनि आवेदन नपरेको जानकारी बैंकले दिएको छ । 

यो ऋणपत्र खरीदका लागि लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । 

आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक  रहेको रहेको यो बैंकको ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने जनाइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद