बैङ्कले १,००० अङ्कित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजी अर्थात् व्यक्तिगत तवरले बिक्री गरिने र बाँकी २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने बैङ्कले जनाएको छ । यस ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।
सानिमाले १० वर्ष अवधिको ‘१०.२५% सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । अर्थात् यसमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्नेछ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।