उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना एक सय २९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र एक सय १३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।