Media Network

सार्वजनिक खरिद नियमावलीका त्रुटि सच्याउने अर्थमन्त्री शर्माको आश्वासन


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको आजको भेटमा मन्त्री शर्माले एघारौं संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन पनि दिएका छन् । 

निर्माण व्यवसायीहरूसँग सहकार्य गरी सरकार भौतिक पूर्वाधार विकास कार्यमा अगाडि बढ्ने उनले बताए । २३ औं साधारण सभा तथा १२ औं अधिवेशनको काठमाडौं घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनका विषयमा जानकारी गराउन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेटेको हो । मन्त्री शर्माले समयमै काम सकेर पूजिँगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन व्यवसायीहरूलाई आग्रह गरे । महासंघको नवनिर्वाचित कार्यसमितिलाई उनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । महासंघ प्रतिनिधिमण्डलले अत्याधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् मुल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मा समक्ष आग्रह गरेको छ । 

महासंघ प्रतिनिधिमण्डलले आजै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग पनि भेट गरेको छ । मन्त्री झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन÷कानुनमै संशोधन आवश्यक भएको धारणा राखिन । गलत नीति नियमका कारण निर्माण व्यवसायीहरूले सास्ती खेप्नु परेको मन्त्री झाँक्रीले बताईन । निर्माण कार्यमा समस्या देखिने बित्तिकै निर्माण व्यवसायीलाई दोष थुपार्ने प्रवृत्ति गलत भएको भन्दै उहाँले सरकारी तहबाटै योजना छनौटदेखि नै गलत अभ्यास हुने गरेको बताईन । स्वदेशमा सञ्चालित ठूल—ठूला परियोजनामा विदेशी व्यवसायी आवश्यक नभएको भन्दै उहाँले समयमा नै गुणस्तरीय काम सक्ने सर्तमा व्यवसायीलाई अहिले भन्दा बढी मोबिलाइजेशन खर्च दिनुपर्ने तर्क राखिन् । महासंघ प्रतिनिधिमण्डलले अत्याधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् मुल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री झाँक्री समक्ष आग्रह गरेको छ । 

महासंघको नवनिर्वाचित कार्यसमितिलाई उहाँले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । महासंघ प्रतिनिधिमण्डलमा महासंघका महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत)  शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, सहकोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू अशोक केसी, राजकुमार बस्ताकोटी, कार्यालय प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद