जसमा सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बिमकहरू एक आपमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ । तर, मर्जरमा गएका बिमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित् बिमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
त्यस्तै बिमा समितिबाट तोकेको बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर, उक्त कम्पनीहरू मर्जरमा गएपछि बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने व्यवस्था छ ।
मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बिमकहरूले गाभ्ने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बीमा समितिको स्वीकृति नलिई आफूखुसी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ ।