Media Network

सुरुवाती कारोबारको दिन नै नेप्सेमा उच्च गिरावट, सबै सुचक रातै


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं।  साताको सुरुवाती कारोबार दिन आज सोमबार नै नेप्सेमा उच्च अंकले गिरावट आएको छ । नेप्से आज ३४ दशमलव २१ अंकले घटेर ११ सय ८८ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँँच दशमलव ६९ अंकले घटेर चार सय २९ दशमलव शुन्य पाँच अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरुको २८ हजार पाँच सय छ पटकको कारोबारमा ३९ लाख १७ हजार छ सय ६५ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएका छन् । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ । 

यसैगरी कारोबार भएका कुल कम्पनीहरु मध्ये गुराँस लघुवित्त वित्तीय संस्था, एनएमबी बैंकको ऋणपत्र आदिले कमाएका छन् भने मिथिला लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । नविल बैंक, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद