Media Network

सर्वाधिक हवाई टिकट बुकिङ्गमा चन्द्रागिरि घुम्ने अवसर


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौँ। आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् । क्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेको थियो भने सोही विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिएको छ ।

आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरु काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ । सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ । 

उक्त अवसरमा बोल्दै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले भ्यालेनटाइन्स अफर अन्तर्गत भ्यालेनटाइन्स प्याकेज जितेकोमा दुई जोडीलाई बधाई ज्ञापन गर्दै विगत केही वर्ष देखि आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यास ब्याक (६ सय रूपैयाँ सम्म) रहेको र साथै आइएमई पे मार्फत हवाई टिकट निकै सहज ढङ्गले काट्न सकिने सेवाग्राहीहरुको प्रतिकृया रहेको पनि बताएका छन् ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद