Media Network

सिटी एक्सप्रेसको फड्को, १६औं बर्षमा प्रवेश


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १५ वसन्त पार गरी १६औं बर्षमा प्रवेश गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवकोे अवसरमा सोमबार १६ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनु सबैलाई धन्यवाद दिएको छ ।बैंकले आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहकहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद