उक्त सेवा संचालनमा आएसँगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट÷क्रेडिट कार्डहरु लिङ्कगरि सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टप अप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन ।
यसैगरी बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यूआर माध्यमबाट भुक्तानी समेत गर्न सक्नेछन् ।
सिटिजन्स बैंक लगायतका बिभिन्न बैंकहरुद्वारा प्रवद्र्धित नेपाल पेमेन्ट सोलुसन्स (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यो सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बंैकले लिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसीतथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।