Media Network

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु


khabarstory

१५ चैत्र २०७७,आईतवार

सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकबाट  तिनाउ डेभलपमेण्टलाई प्राप्ति गर्ने स्वीकृति सिटिजन्स बैंकले पाएसँगै संयुक्त कारोबार थालेको हो । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

मर्ज  भएसँगै अब तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १ सय कित्ता शेयरबराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् । मर्जरमा गएसँगै अब सिटिजन्स बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यसअघि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड थियो । 

१३ चैतसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिब १ सय २७ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब १ सय १३ अर्ब पुगेको छ । प्राप्तिपश्चात् बैंकको कुल १ सय ६६ शाखा भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद