Media Network

सिटिजन्स बैंकको २४ हजार २४३ कित्ता संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौँ। सिटिजन्स बैंकका संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।

यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद