वैशाख ७ गतेको १५ औं वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म एक महिनाको लागि लागू हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यास व्याक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ दुई सय रुपैयाँ क्यास व्याक दिइने छ ।
यसैगरी पहिलो पटक क्यु आर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि एक सय रुपैयाँको क्यास व्याक प्रदान गरिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । डिजिटल भुक्तानीको अर्कोमाध्ययम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इकम कार्ड लिन चाहाने ग्राहकहरुलाई सो कार्ड निःशुल्करुपमा उपलब्ध गराउने छ ।
त्यस्तै, पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल,इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ ।
बैैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षिततवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै किओस्क सेवाको सुरुवात गरेको छ । किओस्कमार्फत प्रारम्भिकरुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन । साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवाप्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दे आएको छ ।