Media Network

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा अब रुकुममा


खबरस्टोरी संवाददाता

२८ माघ २०७८,शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । रुकुमको भुमे गाउँपालिका महतमा सिटिजन्स बैंकले ९२ औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३  वटा एटिएम र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गरेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद