Media Network

सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्री


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौँ। आजबाट सिटिजन्स बैंकले संस्थापक समूहको दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका खुला गरेको छ ।  यसमा न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबैका लागि आवेदन दिन सक्नेछन् । यसमा ११ साउनसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ । लिलामी सेयरको आवेदन १२ साउन दिउँसो २ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद