सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले यही जेठ २० गते शुक्रबारको दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  काली मन्दिरको पुर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १  प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति श्रीमती डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रपमा हस्तान्तरण गरेका हुन् । 

उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पुर्वाधार निर्माण गर्नका लागि प्रयोग गर्नेछ । धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पुर्वाधार विकासले आन्तरिक पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वाधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।