Media Network

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जरमा जाने


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् ।

सोमबार साँझ दुई कम्पनीबीच मर्जरमा जाने प्ररम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको एक अर्ब २२ करोड ७६ लाख  रुपैयाँ रहेको छ ।

दुबै कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेका छन् । एक बराबरको एकको अनुपातमा मर्ज भए त्यसपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद