यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेको र नेपाली बजारमा अहिले चर्को महँगी बढेको कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो । दुई हजार रुपैँया नघट्ने गरी तलब बढाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले पाँच हजार रुपैँयासम्म तलब बढाउन अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको थियो | सोहि सुझावलाई मनन गर्दै सरकारले धान्ने गरि तलब बढाउने प्रतिक्रिया मन्त्रालयले दिएको हो ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ ।