काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ बढेको छ। शुक्रबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ। यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।