४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, तोलाको कति ?


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, तोलाको कति ?
  काठमाण्डाै।  आज नेपाली बजारमा सुनचाँदीको भाउ ४ सय रुपैयाँले बढेको छ ।

हिजो बुधबार तोलामा ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको भाउ आज फेरि ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ ।  हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ ।