१५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
७ बैशाख २०७९, बुधबार
१५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको चौंथो कारोबार दिन बुधबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।