Media Network

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  शुक्रबार लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । हाइड्रोपावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई निष्कासन गरेको हो ।

आईपीओमा एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ आवेदन भर्न सक्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद