Media Network

सेयर बजारका लगानीकर्ता आन्दोलनमा


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं ।  केही दिन देखि लगातार शेयर घट्दा सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै लगानी कर्ताहरुले आन्दोलन गर्ने भएका छन् । उनीहरुले सेयर बजार नबढेसम्म आन्दोलन गर्ने जनाएका छन् ।

सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ शेयरबजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

शनिवार बिहान ११ बजेदेखि बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने ।

नेपाली शेयरबजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद