Media Network

सेयर बजारमा २३ अंकको गिरावट, एक अर्ब ३० करोडको कारोबार


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

काठमाडौं।  नेप्सेको उकालो यात्रा एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार भने २३ दशमलव ५१ अंकले घटेर २२ सय ५० दशमलव ९१ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८८ अंकले घटेर चार सय ३७ दशमलव २१ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय १९ वटा कम्पनीहरुको २३ हजार पाँच सय ६९ पटकको कारोबारमा ३७ लाख ९८ हजार दुई सय ६३ कित्ता सेयर किनबेच भएको छ । सोही अनुसार आज कुल कारोबार रकम एक अर्ब ३० करोड नौं लाख ८१ हजार नौं सय ९६ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेको देखिएपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुचक घटेर रातै देखिएको छ । 

कारोबार भएका कम्पनीहरु मध्ये आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी इक्विटी फण्ड, नेशनल हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् । यसैगरी आज प्रभु बैंकको संस्थापक सेयर, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाईड्रो कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद