Media Network

सेयर बजारमा ४५ अंकको पहिरो


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं। सेयर बजारमा पुन: पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से बिहिबार पनि ४५ दशमलव २५ अंकले घटेर १८ सय ४८ दशमलव २८ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव शुन्य छ अंकले घटेर तीन सय ६२ दशमलव नौं अंकमा खुम्चिएको छ । 

आज दुई सय ३७ वटा कम्पनीहरुको ३३ हजार चार सय ६० पटकको कारोबारमा ५० लाख आठ हजार सात सय ७१ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४९ करोड ९७ लाख नौं हजार छ सय ३५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा समेतका १३ वटै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आँधीखोला लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन भने शिवश्री हाईड्रोपावर लिमिटेड, सामलिङ पावर लिमिटेड, माउन्टेन हाईड्रो नेपाल लिमिटेड आदिले गुमाएका छन्  । कुमारी बैंक, नेशनल हाईड्रो पावर कम्पनी, सिभिल बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद