Media Network

सेयर बजारमा ११ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं।  नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झण्डै २४ अंकले घटेको नेप्से आज मंगलबार पनि ११ दशमलव ८२ अंकले घटेर १९ सय २१ दशमलव ३१ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि तीन दशमलव २२ अंकले घटेर तीन सय ७२ दशमलव ६० अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरुको २३ हजार एक सय ३२ पटकको कारोबारमा ३० लाख ३७ हजार छ सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारम आज कुल सेयर कारोबार रकम एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार चार सय ७२ रुपैंयाँमा सिमित हुन पुगेको छ । 

आज नेप्सेमा १३ वटा समुहहरुको कारोबार भएका छन् । ति मध्ये बाँणिज्य बैंक र जीवन बीमा समुहको सुचक बढेकाछन् भने बिकास बैंक, जलबिद्युुत, फाईनान्स निर्जिवन बीमा, लघुवित्त, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष र लगानी समुहका सुचक घटेका छन् । 

यसैगरी आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने लक्ष्मी इक्विटी फण्ड, घलेम्दी हाईड्रो पावर कम्पनी, मैंलुङ खोला जलबिद्युत कम्पनी, युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । एशियन लाईफ इन्स्योरेन्स कम्पनी, न्यादी ग्रुप पावर लिकिटेड, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद