Media Network

सेयर बजारमा दोहोरो अंकको गिरावट, सात अर्बभन्दा बढीको कारोबार


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०७८,सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार)  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ बिन्दुमा पुगेको छ ।

त्यस्तै, ठूला कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले घटेर ५२८.५८ बिन्दुमा पुगेको छ ।

आज कुल २२६ कम्पनीको एक करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये ३ वटा समूहको सेयर मूल्य बढेको १२ भने बाँकि १० वटा समूहको सेयर मूल्य घटेको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद