सेयरबजार १४ अंकले बढ्यो, दुई अर्ब ४१ करोडको कारोबार


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
सेयरबजार १४ अंकले बढ्यो, दुई अर्ब ४१ करोडको कारोबार
काठमाडौं। साताको पाँँचौं कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज १४ दशमलव ७१ अंकले बढेर दुई हजार एक दशमलव ५३ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेकस पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ८३ दशमलव १३ अंकमा चढ्न सफल भएको छ । आज दुई सय २० वटा कम्पनीहरुको ३९ हजार एक सय ६८ पटकको कारोबारमा ६२ लाख १० हजार नौं सय आठ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार पाँच सय ९९ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज कारोबार भएका कुल १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुवित्त, होटल तथा पर्यटन, टे«डिङ, उत्पादनमुलक सहितका १३ वटै समुहहरुको सुुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । 

यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये एनआईबिएल प्रगती फण्ड, गुराँस लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ लगानी बृद्धि योजना आदिले कमाएका छन् भने प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, आरबीबी म्युचुअल फण्ड, शिवश्री हाईड्रो पावर लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । यसैगरी एनआईसी एशिया बैंक, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएको छ ।