Media Network

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीद्वारा २७ औं बार्षिक साधारण सभा आह्वान


खबरस्टोरी संवाददाता

१९ पुष २०७८,सोमबार

काठमाडौँ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ। सभा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको रजिस्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७. ७० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै, प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । सभामा  संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ आषाढ मसान्तको वासलात तथा सोहि आर्थिक वर्ष सम्मको नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह वितरण स्वीकृत गर्ने लगाएतका एजेन्डा रहेको छ। 





Share:
Reaction :
ताजा समाचार
खेलकुद