Media Network

शेयर बजारमा उछाल, १५४ कम्पनीको शेयर मूल्य बढ्यो


खबरस्टोरी संवाददाता

९ फाल्गुन २०७८,सोमबार

काठमाडाैं। साताको दोस्रो कारोबार दिन आज (सोमबार) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज शेयर मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले बढ्दै ५१८.७९ विन्दुमा कायम भएको छ ।

कुल २ सय २४ कम्पनीको ४९ लाख ९२ हजार २६५ कित्ता शेयर २ अर्ब ९९ करोड ७२ लाख १९ हजार २८ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरूमध्ये सोमवार १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

सोमवार युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।  यस दिन नविल डिवेन्चर २०८५ का लगानीकर्ताले सर्वाधिक बढी १.९५ प्रतिशतले गुमाएका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद