Media Network

शेयर बजारमा ओरालो


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । 

सोमबार उकालो लागेको नेप्सेमा आज पनि सोही गति देखिने अपेक्षा विपरीत उच्च अंकले ओरालो लागेर २ हजार ५०० को नजिक आइपुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९० मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८५ अंकले घटेर ४७४.१३ मा ओर्लेको छ । 

नेप्सको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर रु ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० मूल्यमा कारोबार भयो । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ७० हजारको हाराहारीमा रहेको छ । 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये २ उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको ओरालो लागेको छ । व्यापार २१.५३ र सामूहिक लगानी कोष ०.१२ अंकले उकालो लागेको छ । यस्तै, बैंकिङ १३.५५, होटल तथा पर्यटन ४९.४१, विकास बैंक १४०.९५, जलविद्युत् ७४.६९, वित्त ९०.०८, निर्जीवन बीमा १६०.९८, उत्पादन ९२.०३, अन्य ५६.४४, लघुवित्त ७२.५६, जीवन बीमा ७३.९४ र लगानी ०.७५ अंकले ओरालो लागेको छ । 

कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३६ लाख ४७ हजार बराबरको कारोबार भयो । 

यस्तै, महालक्ष्मी विकास बैंक रु ११ करोड ८६ लाख २५ हजार ७७६, आइसिएफसी फाइनान्स रु ११ करोड १ लाख २० हजार ९३६, अपी पावर कम्पनी रु १० करोड ४० लाख ८८ हजार ६७ र एचआइडिसिएल रु ९ करोड ४४ लाख ७६ हजार ४६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार सिटिजन म्युचुअल फन्ड दोस्रो ४.६५, लक्ष्मी इक्विटी फन्ड ४.४९, एनआइबिएल प्रगति फन्ड ३.८९, सिटिजल म्युचुअल फन्ड ३.५० र सिभिल लघुवित्तका लगानीकर्ताले ३.१९ प्रतिशतले कमाए । 

यसैगरी, आइसिएफसी फाइनान्स ७.६५, कालिका माइक्रोक्रेडिट ६.७७, सिनर्जी पावर ६.२९, हिमालयन पावर पार्टनर ५.९१ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ५.६६ प्रतिशतले गुमाएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद