Media Network

टीभीएस रेडर १२५ लाई इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७८,शनिबार

काठमाडौं।  टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । 

इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यिय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने ।

हरेक बर्ष भारतिय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन् । ती मध्य धेरै जसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइल व्यापारमै उल्लेखनिय बिक्रिको रेकर्ड राख्न सफल हुन्छन् । यस बर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक विक्रि सहित अग्रता हात पार्न सफल भएको छ । उत्पत्तीको स्थान अन्यत्र भएतापनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकलहरु भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य गरिएको छ । साथै मोटरसाइकलहरु अवार्डका लागि मान्य हुन १ डिसेम्बर २०२० देखि ३० नोवेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनु पर्दछ । 

उपाधि विजेताको घोषणा निर्णयक मण्डलीको भोटका आधारमा गरिएको हो । निर्णायक मण्डलीमा सहभागी हरेक सदस्यको हातमा २५ अंक रहेको हुन्छ र तिनले प्रतिस्पर्धामा सम्मिलित कम्तिमा ५ मोटरसाइकलका लागि अंक विनियोजन गर्नुपर्ने हुन्छ । साथै, तिनले कुनैपनि बाइकलाई १० भन्दा बढी अंक प्रदान गर्न पाउँदैनन् । निष्पक्ष र पारदर्शी प्रणालीले गर्दा आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रुपमा लिइन्छ । सन् २००७ मा भारतभरका वरिष्ठ तथा कहलिएका अटोमोबाइल पत्रकारहरुको भेला हुँदा आईएमओटीवाईको शुरुवात गर्ने निर्णय संगै यस अवार्डको थालनी गरिएको थियो ।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ । जगदम्बा मोटर्सद्वारा सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनिय संख्यामा विक्रि भइरहेको छ  । टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ । बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हाल सम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ  यो मोटरसाइकलले शुन्यदेखि ६० किलो मिटर प्रति घण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ । भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित यो बाइक नेपाल भर रहेका टीभीएस शोरुमहरु मार्फत सहजै उपलब्ध रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद