Media Network

टेलिकमको नयाँ अफर, अनलिमिटेड डेटा र भ्वाइस कलमा सुविधा


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । नेपाल टेलिकमले चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ का अवसरमा नयाँ अफर अनलिमिटेड डेटा र भ्वाइस कलमा सुविधा ल्याएको छ। यो अफर वैशाख १८ देखि एक सातासम्म उपलब्ध हुनेछ ।

यसअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक र रु. ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र अन(नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु.  ९९ मा उपलब्ध हुँदै आएकोमा ५० प्रतिशत छुटसहित जम्मा रु। ४९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसका साथै रु . २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डेटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध गराइएको छ ।

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद