Media Network

तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार  सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद