Media Network

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

काठमाडौँ। सुनको मूल्य शुक्रबार प्रतितोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुनको भाउ प्रतितोला  ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा कायम भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद