Media Network

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको भाउ


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ५० रुपैयाँ ताेकिएकाे छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद