तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा बिहिवार  सुनको भाउ तीन सय रुपैयाँले घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।