Media Network

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडानहरु प्रभावित


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान तथा अवतरणहरु प्रभावित भएका छन् ।

कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएको र आकाश पुर्ण रुपमा खुल्न सकेको छैन् ।जसका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ ।

गत सोमबार देखि कम भिजिबिलिटीका कारण नियमित उडानहरु  प्रभावित बनेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद