Media Network

ट्यांकर चालकसँगको सहमतिपछि पम्पहरूमा पठाउन थालियो इन्धन


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

काठमाडौ । ट्यांकर चालकको सहमतिपछि पेट्रोल पम्पहरूमा थानकोट डिपोबाट इन्धन पठाउन थालिएको छ । आइतबार दिउँसो नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सम्बोधन गर्ने सरकारले सहमति गरेको थियो ।

आइतबार ढुवानी व्यवसायी, ट्यांकर चालक र आयल निगमका प्रतिनिधिबीच भएको वार्ता सहमतिमा टुंगिएपछि इन्धन ढुवानी थालिएको हो । भोलिबाट व्यवसायीले माग गरेजति नै तेल उपलब्ध गराइने भएको छ ।ट्यांकर चालक संघले कमिसन बढाउनुपर्नेसहित विभिन्न माग राख्दै ’लोड–अनलोड’ रोकेपछि राजधानीका निजी पम्पहरू पेट्रोलियम पदार्थको अभाव भएको थियो । पेट्रोलियम पदार्थको प्राविधिक चुहावट÷नोक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समयमै कमिसन नपाउने गरेकोलगायत माग राख्दै चालकले ढुवानी बन्द गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद