Media Network

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०७८,मंगलवार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज २३.७६ अंकले बढेर दुई हजार ८ सय ४३ दशमलब ६२ विन्दुमा पुगेको छ । 

आज नेप्सेमा ६ अर्ब ७ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह बढेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी र गुडवील फाइनान्स कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आज बिशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद