Media Network

दोहोरो अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं। नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १३ अंकले बढेको नेप्से आज बिहिबार भने १६ दशमलव छ अंकले घटेर दुई हजार २७ दशमलव ३२ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४२ अंकले घटेर तीन सय ८५ दशमलव ४९ अंकमा खुम्चिएको छ ।

दुई सय २९ वटा कम्पनीहरुको ३१ हजार दुई सय ७६ पटकको कारोबारमा ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख चार हजार सात सय ६५ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेर हरियो देखिएपनि बाँकी बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य सहितका १२ वटा समुहहरुको सुुचक घटेर रातै भएका छन् । 

यसैगरी आज आरबीबी म्युचुअल फण्ड, बैंक अफ काठमाडौंको ऋणपत्र, गुडविल फाईनान्स, एनआईसी एशिया सेलेक्ट फण्ड आदिले कमाएका छन् भने समिट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, तेह्थुम पावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, अरुण कावेली पावर लिमिकटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदि अगाडि देखिएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद