Media Network

दक्षिणकाली नगरपालिकाको चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो । 

चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलनगरी सो बिषयमा जानकारी गराएको हो । कम्पनिका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अव निर्माण प्रकृया शुरु हुने जानकारी दिए । उनका अनुसार अवको तीन बर्षमा निर्मण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ । 

कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरुको निकास सम्मानित सर्वोच्च हदालतबाट मिति २०७४÷०७÷२८ को निर्णयबाट प्राप्त गरिसकेपछि यो परियोजनाको कार्य तिब्रगतिले प्रारम्भ गरिएको कम्पनिले जनाएको छ । यो केबलकार परियोजना २०७६÷०१÷०२ गते बसेको ७१ औ नगर कार्यपालिकाको निर्णय अनुसार २०७६÷०१÷०६ मा केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त भएको हो । 

कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट मिति २०७६÷०१÷०६ मानिर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपालतथा नेपालबाहिर विभिन्न देशमा वस्ने भएको हुँदानिजजग्गाधनीहरुलाई सम्पर्क गरि निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरिएको छ । कम्पनीले उक्तकार्य गर्दा गर्दै कोभिड–१९ को माहामारी देशै भरी फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिना काम गर्न नसकी सो पश्चात उक्त क्षेत्रको खहरे चोक देखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसन सम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वे को सर्भे गरिएको चम्पादेवी  माताको मन्दीर एरिया, माउण्टेन–१ र २ सर्भेको कामभएको छ । 

कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाईन अष्ट्रियन कम्पनीबाट तयार गरीएको जनाएको छ । कम्पनिका अनुसार यहाँ ल्याईने केबलकार यूरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवी माताको मन्दीरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमाल बाट गरिएको हो । कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार वि.सं. २०७९ (२०२२) को अन्त्यमा सुरु गरेर वि.सं. २०८१ (२०२५) को अन्त्यमा सक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ । कम्पनीले विदेशी लगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ । यो परियोजना संचालनको लागी स्थानियवासिहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरिएको छ । कम्पनिले बोसन गाउ देखि बेस स्टेशन सम्मका सडकलाई डिजाइन गरेको नक्सा अनुसार बिस्तारका लागि सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरीदिन पनि अनुरोध गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद