Media Network

थामिएन नेप्सेको पहिरो, थप २३ अंकको गिरावट


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७८,बुधबार

काठमाडौं। नेप्सेको ओरालो यात्राले साताका चौथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४६ अंकले घटेको नेप्से आज पनि २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले घटेर चार सय ५५ दशमलव ९४ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरुको ३८ हजार एक सय ७८ पटक कारोबार भएका छन् । जसबाट आज ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब ९९ करोड २९ लाख ७१ हजार सात सय ६४ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १० वटा समुहहरुको सुचक उच्च अंकले घटेको छ । 

कारोबार भएका कम्पनीहरु अन्तर्गत भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन ऊजा बिकास कम्पनी, आशा लघुवित्त वित्तीय संस्था आदिले कमाए पनि इर्मर्जिङ नेपाल लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । हिमालयन डिष्ट्रिलरी प्राली, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, शिवम सिमेन्ट आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद