Media Network

दार्चुलामा अनुमतिबिनै यार्सागुम्बा सङ्कलन


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

काठमाडौँ । दुधिवन, अपिफेद चाइमेटलालगायत क्षेत्रमा बासिन्दाले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले हरेक वर्ष यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यार्सागुम्बा सङ्कलक वैशाख दोस्रो साता देखि नै सङ्कलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्रबिना सङ्कलन गर्न नपाइने जनाएको छ । प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमतिपत्र वितरण सुरु गरिएको बताए ।

अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर कार्यालय सुन्सेरा, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमतिपत्र वितरण भइरहेको कार्यालयले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद