Media Network

दराजले ल्यायो नयाँ वर्षको विशेष योजना, छुटैछुटको अफर


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । अनलाइनबाट ब्यापार गर्दै आएको दराजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी विशेष योजनाहरु अघि सारेको छ । दराज अनलाइन बजारले आफ्नो बार्षिक अभियान ‘नववर्ष २०७९– नयाँ रहर, नयाँ अफर’ सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा आइतबार मध्यरातबाटै सुरु भएको छ ।

यस वर्षको अभियान विगतका वर्षहरू भन्दा फरक हुने र आफ्ना ग्राहकहरूलाई थपआकर्षक र रोमाञ्चक किनमेल अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ । यस अभियानको मुख्य हाइलाइटहरु भने ६० प्रतिशतसम्मको मेगा डिल, पाँच हजार रुपैयाँसम्मको विशेष छुट भौचरहरू, अनलाइन प्रि–पेमेन्टमा (बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट) १५ सय रुपैयाँसम्मको छुट, खेल १ रुपैयाँमार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क शिपिंग, र बम्पर उपहारको रूपमा यडिया एस लाईक स्कुटर जित्ने मौका रहेको छ ।

दराज नववर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजार रुपैंयाँदेखि १५ सय रुपैयाँसम्मको छुट् पाउन सक्नेछन् ।

सानिमा बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक र सेन्चुरी बैंकका कार्डबाहकले डेबिट कार्ड मार्फत प्रि–पे गरे १० प्रतिशत (अधिकतम एक हजार रुपैंयाँ) र क्रेडिट कार्ड मार्फत प्रि–पे गरे १५ प्रतिशत (अधिकतम १५ सय रुपैंयाँ) सम्मको छुट पाउने जनाइएको छ ।

सांग्रिला बैंक, ज्योतिविकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्ड धारकले प्रि–पेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैंयाँ) छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्ड धारकले डेबिट/क्रेडिट कार्ड प्री–पेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैंयाँ ) छुट पाउने ब्यवस्था गरिएको छ । 

त्यसैगरी, यो अभियानमा प्रदर्शित ‘खेल एक रुपैयाँ’ मा भाग लिए ग्राहकहरुले सामसङ ग्यालेक्सी ए जिरो ३ कोर, रियल मीनार्जो ५० र वानप्लस १० प्रो फाई जी जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्ने मौका पाउनेछन् । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा बिशेष छुट 

नववर्ष २०७९ अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरेका छन् । 

अभियानका लागि डायमण्ड पार्टनरहरू भने आमायरा फेशन हाउस, कन्भर्स नेपाल, रियलमी र वाउ रहेका छन् । प्लेटिनम पार्टनरहरूमा बियर्डो, सिजि डिजिटल, इभोस्टोर, ओलीज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेश छन् । अभियानका थप हाइलाइटहरू भने एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन रहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद