Media Network

दशैंका लागि मोबाइल बैंकिङको फण्ड ट्रान्सफर निःशुल्क 


खबरस्टोरी संवाददाता

२० आश्विन २०७८,बुधबार

काठमाडौं । बडादशैंका लागि कनेक्ट आईपीएसको फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । घटस्थापनाको अघिल्लो दिन बुधबारदेखि आगामी कात्तिक २५ गतेसम्म लागू हुने गरी दिनेदेखि मोबाइलबाट हुने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । 

कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर गर्दा कात्तिक २५ गतेसम्म शुल्क लाग्ने छैन ।  

चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर निःशुल्क गरेको जनाएको छ ।  

कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ । 

बैंक वित्तीय संस्थाका आफ्नै मोबाइल बैंकिङमा रहेको छुट्टै रजिष्टर गर्नु नपर्ने कनेक्ट आईपीएस फण्ड ट्रान्सफर अप्सनमार्फत पनि सो सेवाको प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ ।

१४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद