Media Network

दुधको उपभोक्ता मूल्य बढ्यो, भोलिदेखि लागू हुने


खबरस्टोरी संवाददाता

२७ माघ २०७८,बिहीबार

काठमाडौं।  दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य बढाएको छ ।  डीडीसीले भोलि (शुक्रबार) देखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो।

मूल्यवृद्धिसँगै अब एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम् मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गरेको थियो। यसअघि किसानले प्रतिलिटर ५३ रुपैयाँमा कच्चा दूध बिक्री गर्दैआएका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद