Media Network

धाक–धम्की नदिन र अत्यावश्यक सेवा बन्द गरिए प्राधिकरण चुप नबस्ने : उड्डयन प्राधिकरण


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई धाक–धम्की नदिन चेतावनी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले वायुसेवा कम्पनीले हवाई उडान रोक्ने धम्की दिएको बताउँदै कुनै पनि धाक–धम्की नचल्ने चेतावनी दिएको हो । साथै अत्यावश्यक सेवा बन्द गरिए प्राधिकरण चुप नबस्ने र हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक–धम्की चल्दैन,’ उनले भने । वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने चेतावनी दिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद