सरकारले बिसं २०६१ देखि आजको दिनलाई कृषकहरुको नाममा मनाउदै आएको हो, मानो रोपेर मुरी उब्जाउने दिनको प्रतीकका रुपमा आजको दिनलाई लिइन्छ। त्यसैले देशभर धान दिवसका रुपमा मनाउने गरिन्छ।
सरकारले धान दिवसलाई उत्सवको रुपमा मनाउने गरेतापनि देशमा भने बर्षेनी अर्बौंको धान चामल आयात भइरहेको छ। आयात झन बर्षेनी घट्दो क्रममा हुने पर्नेमा झन पछि झन बढ्दो क्रममा हुदै गईरहेको छ ।
नेपालमा यो वर्ष मात्र ५१ लाख टन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा उत्पादन दर घटेको छ । पछिल्ला पाँच वर्ष यता बर्सेनि ५० लाख टनभन्दा बढी धान उत्पादन भइरहेको छ।
अर्कातिर चालु वर्षको ११ महिनामा मात्र ४२ अर्ब रुपैयाँको धान चामल आयात भएको छ। गएको वर्ष ५० अर्बको आयात भएको थियो। आयातको आँकडा बर्सेनि बढिरहेको छ। नेपालमा १४ लाख ७७ हजार ३८० हेक्टरमा धान खेती हुँदै आएको छ। कृषिप्रधान देशमा किसानहरुलाई राहत पुग्ने गरि सरकारले कृषिजन्य योजना तथा कार्यक्रमहरुलाई प्राथमिकतामा नराख्दा देशको जनशक्ति जति विदेश पलायन हुने गरेको छ ।
विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ ।