Media Network

धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे पदभार ग्रहण


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् । 

सपथ ग्रहणको क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरे । अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद