Media Network

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । नेपाल  धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले सिफारिस गरेका तीन जनाको नाम मध्ये तेस्रो नम्बरका रमेश हमाललाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो । 

छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो । 

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले हमाललाई आगामी कार्यकालका लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । धनगढी स्थायी घर भएका कांग्रेस निकट हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले नै बोर्डमा ल्याउन चाहेका थिए । 

बुक बिल्डिङ प्रकियाबाट प्राथमिक शेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री शेयर कारोबारमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । त्यसपछि बोर्ड साढे चार महिनादेखि नेतृत्वविहीन बनेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद